सिक्किम     पूर्व सिक्किम     रौग्नेक


क्लस्टरलाई भौगोलिक दृष्टिकोणका आधारमा (शहर/टोल/केही सहभागी गाउँहरू र वरपरका क्षेत्र) उस्तै उत्पादन गर्ने र सामूहिक अवसर र चुनौतीको समना गर्ने समूहका रूपमा परिभाषित गरिएको छ । एउटा कारीगर क्लस्टर भन्नाले भौगोलिक रूपमा केन्द्रित (खासगरी गाउँ र शहरमा) घरायसी इकाइ अन्तर्गत हस्तकला/हस्तनिर्मित वस्तु उत्पादक भनेर परिभाषित गरिएको छ । खास समूहमा भने, यस्ता उत्पादकहरू खासगरी परम्परागत समूहसँग आबद्ध हुन्छन्, जसले पुस्तौंदेखि चलिआएका वस्तुहरू उत्पादन गर्छन् । साँच्चै नै धेरै कारीगरहरू शताब्दियौं पुराना कारीगर छन् ।

रौग्नेक समूहको बारेमा :-

रौग्नेक समूह सिक्किम राज्यको पूर्वी सिक्किम जिल्ला अन्तर्गत पर्दछ !

रौग्नेक समूहमा 300 भन्दा धेरै कामदार र दक्ष जनशक्तिलाई सहयोग गर्ने 13 स्वयं सेवक समूह छन् ! यस्तो परिचालनले दिनानुदिन प्रगति गरेको छ !

कढाई:-

कढाई शब्दले कपडालाई बुनेर सजाउनु अथवा फेन्सी बुट्टाले सजाउनु भन्ने बुझिन्छ ! त्यसैले कढाई भनेको सियो र धागो प्रयोग गरेर कपडालाई सजाउने कला मानिन्छ ! राजस्थानको कढाई प्रसिद्ध हुनुको कारण कारीगरीहरुको नयाँ- नयाँ सिर्जना नै हो ! राजस्थानका कारीगरहरु कढाईमा थुप्रै प्रकारका सिउने कला योग गर्छन । राजस्थानका कढाईका काम गर्ने प्रमुख केन्द्रहरु जयपुर खण्डमा अवस्थित छन् र रचनात्मक योग्यताको लागि कहलिएका छन् ! राजस्थानका कढाई थुप्रै अरु समुदायको लागि प्रमुख आयको श्रोत बनेको छ । कढाई कपडा सजाउने धेरै पुरानो तरिका भएपनि आजपनि यो लोकप्रिय छ । बुट्टाहरु प्राचिन हुन् वा आधुनिक हुन्, उही कढाई नै कपडा सजाउने एउटा साझा तरिका भएको छ ! वास्तवमा, जन-स्वीकृतिको स्तरको कारणले गर्दा विशेषज्ञहरु आज सर्जनात्मक र नविन पद्धतिको लागि फराकिलो दायरा भएको ठान्छन !

यसमा तिक्रिस र मोतिका दाना सजाइएको हुन्छ जसले त्यसलाई आकर्षक बनाउँछ ! यस्तो खालको कढाई काठका डण्डी बाट बनेका फ्रेममा गरिन्छ ! कपडामा लामो सियो, धागो, त्रिक्रिस र मोतिका दानाको मद्दतले कढाई गरिन्छ । कपडालाई सुरक्षित राख्न विभिन्न नापका अग्ला फ्रेमहरु प्रयोग गरिन्छन्, धेरैजसो १.५ फुट अग्ला, किनभने कपडाहरुमा सोमामसी रंगद्वारा बुट्टा कोरिन्छ । एक हातले कपडामुनिको धागोलाई सियोमा सुरक्षित राख्छ भने अर्को हातले सियोलाई सजिलैसंग कपडामाथि चलाउँछ । सजावटी तिक्रिस र मोतिका दानालाई सियो र धागोद्वारा कपडामा सिउने गरिन्छ !

अर्को प्रकारको कढाई हो ज्यामितीय वा पुष्प आकृतिका जाली कढाई र यो तानमा हालेको धागोलाई तान्ने अनि त्यो धागोलाई मसिना टाँकका प्वालबाट छिराई यो कढाई गरिन्छ ! यसरी तयार गरिएका उत्पादनहरु धेरैजसो घरमा प्रयोग हुने समानहरु हुन्छन जस्तै पर्दा, पलंगमा ओछ्याउने तन्ना, फर्निचर छोप्ने कपडा र लगाउने लुगाहरु पर्दछन ।

कच्चा पदार्थ:-

कपडामा लामो सियो, धागो, त्रिक्रिस र मोतिका दाना प्रयोग गरिन्छ ! विभिन्न नापका धेरैजसो 1.5 फुट अग्ला फ्रेमहरु कपडालाई सुरक्षित राख्न प्रयोग गरिन्छ ती कपडाहरू जसमा सोमामसी रंगले बुट्टा कोरिन्छ ! एक हातले कपडामुनिको धागोलाई सियोमा सुरुक्षित राख्छ भने अर्को हातले सियोलाई कपडामाथि सजिलैसंग चलाउँछ ।

प्रक्रिया:-

कढाई कार्यपद्धति भएको प्राविधिक सिप त होइन तर पनि यसमा छोटो विधि छ :

1. खाका जस्तै समान चिन्ह लगाउन र एकरुपता ल्याउनको लागि बुट्टाहरु पारदर्शी कागजमा कोरिन्छ ।

2. कढाई कार्यका लागि प्रयोग हुने बुट्टा बनाउने सम्रिश्रण (झोल) द्वारा बुट्टाहरु कपडामा कोरिन्छ ।

3. अब बुट्टा कोरीएको कपडालाई (साडी, लगाउने कपडा, आदि) काठका फ्रेमद्वारा चारैतिरबाट कसेर राख्ने । (फ्रेम बिना पनि गर्न सकिन्छ)

4. काठका फ्रेमले सजिलोसंग कढाई गर्न मिल्छ र तनाव घटाउन र कम खुम्चेका समानहरु उत्पादन गर्न मद्दत गर्छ ।

5. चाहेको बुट्टा पाउनको लागि चाहेको बुट्टालाई अनेकौ सिलाईद्वारा सुव्यवस्थित ढंगले कढाई गरिन्छ ! (पक्को, कछो, सूफ, रबरी, खरेक आदि)

6. परिणामस्वरूप धेरै रंगहरु हुन सक्छन र बनाउन पनि सजिलो छ !

कपडालाई (साडी, लगाउने कपडा, आदि) काठका फ्रेममा(फ्रेम बिना पनि गर्न सकिन्छ) सामग्रीको चाहेको अनुसारको चाहेको बुट्टा अनुसार अड्काउने ! खाका जस्तै एकैनासको चिन्ह लगाउन र एकरुपता ल्याउनको लागि बुट्टाहरु पारदर्शी कागजमा कोरिन्छ । कढाई कार्यका लागि प्रयोग हुने बुट्टा बनाउने झोलको सम्रिश्रण द्वारा (मट्टीतेल र गालीको धुलो) बुट्टाहरु कपडामा कोरिन्छ । चाहेको बुट्टा पाउन र चाहेको बुट्टालाई सुव्यवस्थित ढंगले अनेकौ सिलाई प्रक्रियाद्वारा कढाई गरिन्छ !

कढाई का बुट्टाहरु सानो गोलो आकारको ऐनालाई कपडामा बसालेर, मसिना टाँककाप्वाल जस्तो दुलो सिलाएर, बाह्यरेखा हातले कोरेर तयार गरिन्छ ! डाँठ वा माछाकाँडा सिलाईको लागि रेशेमी धागो प्रयोग गरिन्छ ! फुल र लहराहरुको अँध्यारो पृष्ठभूमिमा बनाइन्छ ! समुदाय र क्षेत्र अनुसार तरिका फरक-फरक हुन्छन् । कढाई शब्दले कपडालाई बुनेर सजाउनु अथवा फेन्सी बुट्टाले सजाउनु भन्ने बुझिन्छ ! त्यसैले कढाई सियो र धागो प्रयोग गरेर कपडालाई सजाउने कला मानिन्छ । यसले हात र कढाई पद्दतिका औजारलाई समेट्छ ! आजसम्म, हाते कढाई महँगो र धेरै समय खर्चिने तरिकाको रुपमा कायम रहेकै छ । यसका बावजूद पनि, हातको कठिन काम हुनाले नै यो रुचाइन्छ !

तरिकाहरु :-

सजाउनुअथवा फेन्सी बुट्टाले सजाउनु।यसले हात र कढाई पद्दतिका औजारलाई समेट्छ ! आजसम्म, हाते कढाई महँगो र धेरै समय खर्चिने तरिकाको रुपमा कायम रहेकैछ ।यसका बावजूद पनि, हातको कठिन काम हुनाले नै यो रुचाइन्छ !

कढाई कामदारले प्रयोग गर्ने मुलभूत सिप :-

1. ठाडो-तेर्छो सिलाई

2. क्रेवेल काम

3. तग्नु

कसरी आइपुग्ने :-

बागडोगरा ! (सिलीगुडी नजिकै ,गान्तोकबाट 117  किलोमीटर) !यहाँकोलकाता (नेताजीसुभाषचंद्र बोस अन्तराष्ट्रीय विमानस्थल ) बाटनियमित उडान छकोलकातापुग्ने दैनिकउडानहरुनयाँ दिल्लीमुंबईचेन्नई रअरुभारतका प्रमुखशहरहरुबाटपाइन्छन् ! सिलीगुडीनजिकैकोनयाँ जलपाईगुडीगान्तोकबाट किलोमीटरटाढा। बिहाननयाँजलपाईगुडी पुग्नेरात्रीरेलगाडी पनिकोलकाताबाटउपलब्ध छ !








सिक्किम     पूर्व सिक्किम     न्युना महिला सहकारी समाज