सिक्किम     उत्तरी सिक्किम     बखिन


क्लस्टरलाई भौगोलिक दृष्टिकोणका आधारमा (शहर/टोल/केही सहभागी गाउँहरू र वरपरका क्षेत्र) उस्तै उत्पादन गर्ने र सामूहिक अवसर र चुनौतीको समना गर्ने समूहका रूपमा परिभाषित गरिएको छ । एउटा कारीगर क्लस्टर भन्नाले भौगोलिक रूपमा केन्द्रित (खासगरी गाउँ र शहरमा) घरायसी इकाइ अन्तर्गत हस्तकला/हस्तनिर्मित वस्तु उत्पादक भनेर परिभाषित गरिएको छ । खास समूहमा भने, यस्ता उत्पादकहरू खासगरी परम्परागत समूहसँग आबद्ध हुन्छन्, जसले पुस्तौंदेखि चलिआएका वस्तुहरू उत्पादन गर्छन् । साँच्चै नै धेरै कारीगरहरू शताब्दियौं पुराना कारीगर छन् ।

बखिन समूहको बारेमा:-

बखिन समूह सिक्किम राज्यको उत्तरी सिक्किम जिल्लामा पर्दछ ।

बखिन समूहमा 231 भन्दा बढी कारीगर छन् र 19 SHG ले यसको सशक्त कार्यदललाई सहयोग गरी रहेका छन् । यसले दिन प्रतिदिन उन्नति गरीरहेको छ ।

बेत र बाँस:-

सिक्किमको दैनिक जीवनमा बेत र बाँस धेरै प्रयोगमा ल्याइने दुई वस्तु हुन् । घरायसी काममा आउने चीजबीज, हस्तकलाका सामान, बाजागाजा र घर बनाउन समेत बाँसको प्रयोग गरिन्छ । शिल्पकलामा खासगरी घरेलू उद्योगमा कुनै मशीनरी औजारको प्रयोग गरिँदैन । डालो-बुनाइ बाहेक, घर बनाउन र बाराबेरा गर्न मुख्य रूपमा बाँसको प्रयोग गरिन्छ । परम्परागत रूपमा शिल्पकला उद्योगले किसानहरूलाई फुर्सदको समयमा अतिरिक्त रोजगारी दिएको छ, तर अहिले व्यापारिक क्रियाकलापमा पूरा समय रोजगारी गर्ने कारीगरहरूको संख्या पनि बढ्दो रूपमा देख्न सकिन्छ ।

सिक्किममा बाँसका उत्पादनहरू जताततै प्रशस्त पाइन्छन् । त्यहाँ असंख्य किसिम र आकारका बाँसका डोका-डाला पाइन्छन् जसलाई विभिन्न काममा प्रयोगमा ल्याइन्छ । घरको लोग्नेमान्छेले सामान्यतया डोका-डाला बुन्छ । हरेक जिल्लाको आ-आफ्नै अलग्गै शैली छ । सामान्यतया, डोको समान ओसार्न र गोला र चारकुने डाला सामान राख्न प्रयोग गरिन्छन् । सिल्चरको बाँसको डालो यसको एउटा नमुना हो । यसको भुँइ चारकुने र भित्रतिर फर्किएको हुन्छ त्यसैले चार कुनाले भरथेग गर्छन् र यसको मुख फराकिलो हुन्छ । यो सुपारी भण्डारन गर्न प्रयोग गरिन्छ । बोडो बाँसको डालो साँचोको मद्दतले बनाइन्छ जसले घाँटी र मुखको आकार बनाउन मद्दत गर्छ । घाँटीदेखि पीँधसम्म खैरो कागजको सोली बनाएर डालो भित्र राखिन्छ जसले गर्दा यसको टुप्पोले भुँइलाई छुन्छ । सोलीको आकार सुरक्षित राख्न यसभित्र बालुवा भरिन्छ र सोलीको आकार अनुसार बुन्दै लगिन्छ ।

बेत र बाँसबाट पुतली र खेलौना पनि बनाइन्छन् । मानिस र जनावरका आकृति बाहेक अन्य खेलौना, बन्दूक, बाजा-गाजा पनि बुनिन्छन् । बाँसबाट बनाएको छाताको हातो (हैण्डल) खास उत्पादन हो जसमा पातका बुट्टा, लहरे बुट्टा, बोट-बिरुवा, गोला घेराहरू, र तेर्सा बुट्टाहरू हुन्छन् । मुली भनिने एउटा खास किसिमको बाँस हातोका लागि प्रयोग गरिन्छ ।

कच्चा पदार्थ:-

सिक्किम कच्चा पदार्थको धनी भएको हुँदा त्यहाँ सुन्दर उत्पादनका धेरै प्रकारहरू छन् । पाहाड र मधेसका मानिसहरूको आ-आफ्नै शैली र कला छ । डोका-डाला बाहेक बेत र बाँसबाट फर्निचर पनि बनाइन्छ, जुन तुलनात्मक रूपमा अझ बढी आधुनिक हुन्छन् । बेत र बाँसबाट बनेका उत्पादनहरू घाँससँग घाँस जोडेर र कम औजारको मद्दतले पात गाँसेर मानिसले बनाएका प्राचीनतम वस्तुहरू हुन् । धार्मिक कामका लागि पनि यी पवित्र मानिन्थे । मोजोरमको बेतको शिल्पकला शिल्पकला उत्पादनकै उत्तम नमुना हो । अत्यधिक मात्रामा त्यहाँको हरियो जंगलमा पाइने कच्चा पदार्थले उद्योगलाई निरन्तरता र शक्ति दिन्छ ।


प्रक्रिया:-

बाँस र बेतको घनलाई हाते आरोले काटिन्छ र बिलहुकले तेर्सो पारी विभिन्न आकारमा छाँटिन्छ । बेतलाई नरम पार्न आगोमा सेकिन्छ धेरैजसो लालटिनको मधुरो आँचमा तताइन्छ । ती चोयालाई दुई भागमा बाँड्न सकिन्छ । डालाका लागि घुम्रेका चोया; अन्य मान्द्रो बनाउन । घुम्रेका चोयाको डालो बनाउँदा, डालाको पींधको लागि एउटा बेत घुमाएर मियो बनाइन्छ । त्यसपछि घुमाउरो गरी एकनासले चाहिने उचाइ नपुगेसम्म चौडाइ बढाउँदै बुन्दै लगिन्छ । चोयाहरूलाई सिलाएर गाँसिन्छ जसलाई दुई किसिमबाट गाँस्न सकिन्छ: हरेक सिलाई पींधको मियोको नयाँ भाग भएर आउँछ । अंग्रेजीको आठको अंक बनाइन्छ र चोया पछिल्लो छोयाको पछाडि, माथि र तलतिरबाट अगाडि बढ्छ । यसरी चोया बाँधिन्छ र डालो तयार हुन्छ । डालोको सजावट लेस, कागज र सिपीको प्रयोगबाट गर्न सकिन्छ ।

कारीगरले बाँसलाई चाहेको आकारमा दाओ भन्ने काट्ने औजारले काट्छन् । त्यसपछि बाँसको चौडाइ मोटाइका आधारमा विभिन्न किसिमका चक्कूले काटिन्छ। यसरी कुनै वस्तु अथवा फर्निचरको फ्रेम बनाउनका लागि सामग्री तयार गरिन्छ । कलमको आकारको बेत पनि सजावट र बाँध्ने काममा उपयोग गरिन्छ । मोटो बेत कुनै वस्तुको फ्रेम बनाउन प्रयोग गरिन्छ भने कलम आकारको बेत सिंगार्न र बाँधन प्रयोग गरिन्छ । बेतलाई फर्निचर वा अन्यका लागि चाहेको आकार दिन तताउने गरिन्छ । तिनको टुप्पो चाहिँ गम र किल्लाले गाँसिन्छ र जोर्नी कलम आकारका तुनाले बाँधिन्छ । बेत र बाँसबाट बनेका सामानहरू खाक्सीले चिल्याएर वा सफा गरेर भेर्निसको पालिस गरिन्छ ।


बाँस र बेतका सामान बनाउँदा पूरै घनोलाई हाते आरोले काटिन्छ र तिनलाई बिलहुक वा दाओले विभिन्न आकारमा चिरिन्छ । धेरै रेशा भएको भाग लम्बाई तिरबाट चिर्ने काम गरिन्छ ! बाँस र बेतको दुई आँख्ला बीचको भागमा चाहिने मात्रामा शीत हुनु पर्ने हुनाले एकदम सम्हालेर चिर्नु पर्दछ ! कुनै पनि फ्रेम बनाउनु पहिले मट्टीतेलको बत्तिको रापले यसलाई सेकिन्छ !


तरिकाहरु :-


बेतका समानहरु उत्पादन गर्नको लागि विभिन्न चरणहरु हुन्छन् जुन जंगलबाट कच्चा सामग्री ल्याउनुबाट सुरु हुन्छ ! बाहिरी तह सम्म र चिप्लो बनाउन बाहिरी पत्रलाई ताछिन्छ ! लामो लौरो जस्तो बेत लाई स-साना टुक्रामा काटिन्छ अनि पत्र-पत्रमा छुट्टयाइन्छ ! चाहेको मात्रमा अझ पातलो पत्रमा छुट्याउन सकिन्छ ! अब छुट्टयाइएको पत्रलाई धमन-दीप सहायताले मोडिन्छ ! यसो गर्दा बाहिरी तह अलि अलि मात्र डढ्छ जसलाई खाक्सीले घसेर हटाइन्छ ! त्यसपछि बनेको बेतलाई चाहे अनुसारको डिजाइनको आधारमा बुनिन्छ । त्यसले अन्तिम रुप पाएपछि भेर्निस पोतिन्छ र बजारमा बिक्रीको लागि पठाइन्छ ।

कसरी आइपुग्ने :-


बागडोगरा ! (सिलीगुडी नजिकै , गान्तोकबाट 117 किलोमीटर) ! यहाँ कोलकाता (नेताजी सुभाष चंद्र बोस अन्तराष्ट्रीय विमानस्थल ) बाट नियमित उडान छ !कोलकाता पुग्ने दैनिक उडानहरु नयाँ दिल्ली, मुंबई, चेन्नई र अरु भारतका प्रमुख शहरहरुबाट पाइन्छन् ! सिलीगुडी नजिकैको नयाँ जलपाईगुडी, गान्तोकबाट 117किलोमीटर टाढा । बिहान नयाँ जलपाईगुडी पुग्ने रात्री रेलगाडी पनि कोलकाताबाट उपलब्ध छ !








सिक्किम     उत्तरी सिक्किम     सिक्किम हस्तशिल्प हस्तकला विकास निगम लिमिटेड